अफगानिस्तानमा पोलियो खोप अभियान सुरु, ९० लाखभन्दा बढी बालबालिकालाई समेट्ने लक्ष्य

 कात्तिक २३, २०७८ मंगलबार १५:१६:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा पोलियो खोप अभियान सुरु भएको छ । अफगान सरकारले पोलियो उन्मूलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गरेको हो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र सङ्घ बालकोष (युनिसेफ) को सहयोगमा पोलियो खोप कार्यक्रम थालिएको त्यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

पहिलो चरणमा हिजो साेमवारदेखि सुरु भएको खोप अभियान पर्सि बुधवारसम्म चल्नेछ । खोप अभियानमा पाँच वर्षमुनिका ९० लाखभन्दा बढी बालबालिकालाई समेट्ने लक्ष्य रहेको अफगानिस्तानका कार्यवाहक जनस्वास्थ्य मन्त्री क्वाल्दार अबादले बताउनुभयो । अफगानिस्तानमा यस वर्ष कम्तीमा ५६ जना पोलियोका बालबालिका भेटिएका थिए ।

यसअघि तालिबानले विदेशी कार्यक्रम भनेर अभियानमा संलग्न स्वास्थ्यकर्मीलाई दबाब र यातना दिने गरेका कारण खोप कार्यक्रम प्रभावित हुँदै आएको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया