बङ्गलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षकाे जेल सजाय

 कात्तिक २३, २०७८ मंगलबार १९:५५:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकामा रहेकाे एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ ।

ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पूर्वप्रधानन्यायाधीश सिन्हालाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो । उहाँले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ ।
ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले याे फैसला सुनाउनुभएकाे थियाे ।   

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स बैंक भनिने अहिले पद्मा नाम रहेको बैंकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ ।   

त्याे रकम सिन्हाको बैंक खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको पाइएकाे थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया