आप्रवासीहरु ओइरिनुमा रुसी राष्ट्रपति पुटिन दोषी  ः पोल्यान्ड

 कात्तिक २४, २०७८ बुधबार ८:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाेल्यान्डले आफ्नो सीमामा देखिएको आप्रवासी समस्याको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ ।

पाेल्यान्डका प्रधानमन्त्री म्याट्युस मोरावियस्कीले बेलारुससँगको सीमा नाकामा अवैध आप्रवासीहरु ओइरिनुमा पुटिन दोषी रहेका आरोप  लगाउनु भएको हो ।

पुटिनसँग निकट रहेका बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो देशबाट पाेल्यान्ड हुँदै युरोपका अन्य देशहरुमा छिर्न उक्साएको उहाँको आरोप छ ।

बेलारुसी नेता एलेक्जेन्डरले भने युरोपेली सङ्घको प्रतिबन्धको बदलामा आप्रवासीलाई सीमातर्फ पठाइएको भन्ने आरोप अस्वीकार गर्नु भएको छ । तर अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने उहाँको चेतावनी छ ।

पाेल्यान्डसँगको सीमा नाका बेलारुसमा झण्डै दुई हजार आप्रवासी अहिले पनि पाेल्यान्ड छिर्न पर्खेर बसेका छन् । ती आप्रवासीहरूमा धेरैजसो मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका नागरिक रहेको बीबीसीले जनाएको छ । पाेल्यान्डले आप्रवासीको प्रवेश रोक्न सीमामा सेना परिचालन गरेको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया