विश्वमै कम समयमा जन्मिएका शिशु, जसको तौल जन्मिँदा आधा किलो पनि थिएन

 कात्तिक २६, २०७८ शुक्रबार ९:२४:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा १६ महिना अगाडि जन्मिएका एक बालकलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ ।

जन्मिँदा ती शिशुको तौल आधा किलोभन्दा कम थियो । कर्टिस मिन्सको जन्म १६ महिनाअघि अलाबामामा भएको हो । त्यतिबेला उनको तौल ४२० ग्राम मात्र थियो। गिनिज वर्ल्ड रेकर्डले ती बालकले अकाल जन्ममा नयाँ कीर्तिमान राखेको पुष्टि गरेको छ ।

सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ । तर कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए । उनकी आमा मिशेल बट्लरलाई सन् २०२० को जुलाई ४ तारिखमा प्रसव पीडा सुरु भएपछि अस्पताल पुर्याइएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा बच्चा कर्टिस र सीआस्यालाई जन्म दिइन् । तर अर्को दिन सीआस्याको ज्यान गयो ।  

समयभन्दा त्यति अगाडि जन्मिने बच्चा बाँच्ने सम्भावना निकै कम हुने बताइन्छ ।  यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम शिशु मात्रै जीवित रहन्छन् । कर्टिसलाई सुरुमा सघन उपचारमा राखियो । तीन महिना पछि उनलाई भेन्टिलेटरबाट निकालियो र २ सय ७५ दिन अस्पतालमा बसेपछि गएको अप्रिल महिनामा उनलाई घर पठाइयो ।

कर्टिसलाई अझै पनि थप अक्सिजन र खाना खुवाउनका लागि ट्युबको आवश्यकता पर्छ । डाक्टरहरुकाअनुसार उनको स्वास्थ्य राम्रो छ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया