सर्वोच्चमा बन्दीका मुद्दामा पनि भएन सुनुवाइ

 कात्तिक २६, २०७८ शुक्रबार २०:६:१६ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बिहीवार बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो तर न्यायाधीशहरू इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश राणाले आठ वटा इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेन्च नबसेको’ भनेर जनाइएको छ । 

यसअघि न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्नुभएको थियो तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । 

यही कात्तिक ७ गते आइतवारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरूले मुद्दामा सुनुवाइ गर्न मानेका थिएनन् । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया