बाइडेन–सी बैठकको तयारी : अपेक्षा अनेक, सम्भावना कम

 कात्तिक २९, २०७८ सोमबार १५:१०:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अहिले द्विपक्षीय सम्बन्ध चिसिँदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोका रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन्  ।  

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनपिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन् । तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्नेबारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन् ।

असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट सुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षी सीसँगको सम्बन्ध कायम राख्नुभएको बताइएको छ ।  

दुई नेताहरूले आज सोमवार राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका–चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीति छवि कसरी प्रस्तुत हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ । 

‘जब यो अमेरिका–चीन सम्बन्धको कुरा आउँछ, यसका बीचमा खाडलहरू यति ठूला छन् र प्रवृत्तिगत रेखाहरू यति समस्याग्रस्त छन् ताकि व्यक्तिगत सम्बन्धले मात्र यसलाई कसरी पगाल्न सक्छ भन्ने चासोको विषय छ’, राष्ट्रिय सुरक्षा परिषदमा एसिया सल्लाहकारको रूपमा बुश र ओबामा प्रशासनसँग काम गर्नुभएका म्याथ्यू गुडम्यानकाे टिप्पणी छ । 

अहिले द्विदेशीय सम्बन्ध चिसो हुँदै गएको आभास भइरहेको छ । यद्यपि ती पुराना साथीहरू अहिले देशको प्रमुख कार्यकारी भएका छन् । 

ह्वाइट हाउसका अधिकारीहरूले आजकाे भर्चुअल बैठकका लागि कम अपेक्षाहरू राखेका छन् । कुनै ठूलो महत्त्वका घोषणाहरू अपेक्षित छैनन् । उनीहरूका अनुसार अन्तमा दुई नेता द्वारा परम्परागत संयुक्त वक्तव्य जारी हुन सक्ने सम्भावना छ ।   

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया