जाडो महिनामा फ्लुको सङ्क्रमण बढी हुने भएकाले सुरक्षित रहन स्वास्थ्य मन्त्रालयको आग्रह

 कात्तिक ३०, २०७८ मंगलबार १०:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो महिनामा इन्फ्लुएञ्जा अर्थात फ्लुको प्रकोप बढी हुने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । 

फ्लु भाइरसका कारण सर्ने सङ्क्रामक रोग भएको र यो जाडो महिनामा बढी सक्रिय हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

फ्लु नवजात शिशु, अधबैँसे व्यक्ति र वृद्धवृद्धा गरी सबै उमेर समूहका मानिसलाई लाग्ने र पूर्व सावधानी अपनाएमा बच्न सकिने मन्त्रालयको भनाइ छ ।

बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम राख्ने, खोक्दा, हाच्छ्युँ गर्दा नाक, मुख छोप्ने,  शारीरिक रुपमा सक्रिय रहने, प्रसस्त झोलिलो खानेकुरा खाने, सम्भव भएसम्म सामान्य बिरामी हुँदा पनि घरमै बस्ने, बेलाबेला साबुनपानीले हात धुने गरेमा फ्लुबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।

सामान्यतया फ्लु भएका बिरामीलाई डाक्टरको हेरचाह र एण्टीभाइरल औषधिको आवश्यकता नपर्ने भए पनि दीर्घरोगी, गर्भवती, सुत्केरी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धाले भने डाक्टरसँग नियमित सम्पर्कमा बस्नुपर्ने मन्त्रालयको सुझाव छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया