आज १० औँ राष्ट्रिय कर दिवस मनाइँदै

 मंसिर १, २०७८ बुधबार ९:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ ।

आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो । पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम संवत् २०५८ साल बैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।

आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यम स्तरीय करदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायतले शुभकामना दिनु भएको छ । 

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया