रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

 मंसिर ३, २०७८ शुक्रबार ७:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ ।

हिजाे आईएमईले आयोजना गरेको ‘आईएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा उहाँले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको हाे। 

आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनु भयाे । अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई उहाँले आग्रह गर्नुभयो ।

‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ' उहाँले भन्नुभयाे ' हामीले देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पुर्याउनका लागि महत्त्वपूर्ण काम गरेकाे आभास भएकाे छ,’ उहाँले भन्नुभयो ।

लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उहाँले सबैलाई आग्रह  गर्नुभयो । 

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमईले नागरिकको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताउनुभएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य समयमा पनि आम नागरिककाे समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया