शिक्षक सेवा आयोगको परीक्षा फारम भरेको जिल्लाबाट दिन नपाइने

 भदौ २१, २०७५ बिहीबार १६:४१:३१ | रासस
unn.prixa.net

काठमाडौं – शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । 

यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । 

‘परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ’ उहाँले भन्नुभयो, ‘परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभई अर्को जिल्लामा गई परीक्षा दिनुपर्ने छ ।’ परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम दिनेछ । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ । 

तीनै तहको परीक्षाको लागि करीब २२५ परीक्षा केन्द्र तोकिने भएको छ । उपसचिव आचार्यले २२५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताउनुभयो । एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहने छन् । परीक्षामा २० परीक्षार्थी बरावर एक निरीक्षकको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुने बताउनुभयो । सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामा मात्र परीक्षा सञ्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिका समेत पठाउन थालेको छ । आयोगका अनुसार अहिलेसम्म मध्यपश्चिम, पश्चिमाञ्चल र सुदूरपश्चिममा उत्तरपुस्तिका पठाइसकेको छ । 

आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्ने छ । कूल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमावीमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् । 

बर्सेनि विज्ञापन गरिने 

यसैगरी आयोगले अबदेखि बर्सेनि विज्ञापन गर्ने तयारी गरेको छ । रिक्त शिक्षकको दरबन्दी मगाएर बर्सेनि विज्ञापन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ । आयोगले अहिले परीक्षा सकाएर शिक्षक अनुमतिपत्रको विज्ञापनपछि चैतमा पुनः शिक्षकको विज्ञापन गर्ने तयारी गरेको हो । 

कुन जिल्लाकाे कहाँ ?


 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया