आईएमई बम्पर अफरका विजेता भन्छन् - 'यो पैसा बाख्रा पालन विस्तारमा लगाउँछु'

 मंसिर ३, २०७८ शुक्रबार ८:५४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जिवेश दाहाल आईएमईले ल्याएकाे 'डबलको डबलको डबल' अफरका बम्पर विजेता घोषित हुनुभएकाे छ ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आईएमईले सेवाग्राही दाहाललाई बम्पर विजेता घाेषित गरेकाे हाे । 

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त  रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गर्नुभएको हो।

दोलखाको बैतेश्वर गाउँपालिका-३ मैनापोखरीका जिवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत एक लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाउनु भएको थियो । 

बम्पर पुरस्कारमा उहाँले पठाएको रकमको आठ गुणा बढी प्राप्त गर्नुभएको छ । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताउनुभयो । उहाँका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् । 

गएकाे असोज १ गतेदेखि कात्तिक २६ गतेसम्म सञ्चालित अफर अन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेता गरी जम्मा २१ जनाले बम्पर पुरस्कार पाएका छन्। यसका साथै आईएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा  २ सय रुपैयाँ तत्काल बोनसको व्यवस्था पनि गरिएकाे थियाे । 

अफर अवधिमा भाग्यशाली विजेता छनाेटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको थियो । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनाेट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिएको हो । 

आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने प्रावधान राखिएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया