उपराष्ट्रपति ह्यारिस बनिन् अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला

 मंसिर ४, २०७८ शनिबार ८:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाउनुभएको छ।

राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ ।

यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बन्नुभएको हो । उहाँलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो।

अमेरिकाको उपराष्ट्रपतिमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी ह्यारिस एसियन–अमेरिकनमूलकी हुनुहुन्छ। 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया