युरोपमा फेरि बढ्यो कोरोना सङ्क्रमण

 मंसिर ५, २०७८ आइतबार ८:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले जनाएको छ ।

अस्ट्रियाले भोलिदेखि २० दिनसम्म लकडाउन घोषणा गरेको छ । अस्ट्रियामा सन् २०२२ को फेब्रुअरी १ तारिखदेखि कोभिड विरुद्धको खोपलाई लगाउनै पर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । यस्तै, जर्मनीमा  पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

जर्मनीले खोप नलगाएकाहरुलाई थप कडाइ गर्ने भएको छ । त्यहाँ खोप नलगाएकाहरुलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुरेन्टजस्ता ठाउँमा प्रवेशमा निषेध गरिने भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Bed prasad Bhattarai

    Nov. 21, 2021, 11:10 a.m.

    धेरै राम्रो काम यस्तोमा खोप लाई अधिक तिब्रता का साथ् सबै मुलुकहरु ले लगाउदै गये मात्र बच्न सकिन्छ उज्यालो अन्लाईन लाई धन्यवाद नेपाल मा पनि कोरोना जाडोमा बढी हुन सक्छ सरकार र चिकित्सा जगत्लाइ खोप कार्यक्रम तिब्रता मा प्रश्नावली गर्नुहोस

  •  0 Reply

तपाईको प्रतिक्रिया