सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

 मंसिर ६, २०७८ सोमबार १२:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज तोलामा सुनको भाउ दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया