अन्तर्राष्ट्रिय समुदायद्वारा अफगानिस्तानमा मानवीय सहायता सहयोग

 मंसिर ७, २०७८ मंगलबार ६:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेकाे छ । मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो ।

इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताउनुभएको छ ।

इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ । चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई उदृत गरी समाचार संस्था सिह्वाले जनाएको छ ।

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक समस्यामा परेका छन् । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया