बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - एनसेलले सञ्चालन गरेकाे टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमले दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएकाे छ ।
एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएकाे कार्यक्रमले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएकाे हाे ।
कम्प्युटर एसाेसिएशन नेपाल (क्यान) महासङ्घले यही शुक्रवार काठमाण्डौमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई पुरस्कार हस्तान्तरणगर्नु भएकाे हाे।
वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्युटिङ् इण्डष्ट्री अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासङ्घले नेपालको प्रतिनिधित्व गर्दछ ।
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गएकाे कार्तिक २७ गते बङ्गलादेशको ढाकामा आयोजित एक कार्यक्रम माझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधाअन्तर्गत जितेको हो ।
त्यस्तै गएकाे कार्तिक २६ गते ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फर्मेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ सङ्घसंस्था तथा कम्पनीहरु एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।
यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्यकेन्द्रहरुमा लागू गरी सकिएको छ । यस कार्यक्रमअन्तर्गत नागरिकले आफ्नै स्थानीय स्वास्थ्यकेन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।
स्वास्थ्य कार्यक्रम चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, सोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ ।
यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थप्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित छ । टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराइ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।