अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने

 मंसिर ७, २०७८ मंगलबार ८:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा जेरोम पावेल दोहोरिने पक्का भएको छ ।

राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि पनि पावेललाई नै निरन्तरता दिने निर्णय गर्नुभएको हो ।

पावेललाई यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गर्नुभएको थियो । कोरोना महामारीले अर्थतन्त्रमा निम्ताएको समस्यालाई कुशलतापूर्वक नेतृत्व गरेकाले पुनः नियुक्ति गरिएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सिनेटले अनुमोदन गरेपछि पावेलले दोस्रो कार्यकाल अध्यक्षका रुपमा काम गर्न पाउने बीबीसीले जनाएको छ । अमेरिकाको केन्द्रीय बैंकको अध्यक्ष को हुने भन्ने विषय विश्व अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण मानिन्छ । पावेलको पहिलो चार वर्षे कार्यकाल आउँदो फेब्रुअरीमा सकिँदैछ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया