वीर र सिभिल अस्पतालमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

 मंसिर ७, २०७८ मंगलबार १०:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । 

यो सेवा वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोमा उपलब्ध हुने भएकाे छ ।

यस्तै मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्ताले अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गइ लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।

यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेशन वा मिदास टेक्नोलोजीको मेरो डाक्टर मोबाइल एप तथा वेभ साइट पनि उल्लेखित अस्पतालका अनलाइनओ.पी.डी. टिकट सेवा प्रदान गर्दै आइरहेको छ ।

यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
 

अन्तिम अपडेट: मंसिर १०, २०७८

तपाईको प्रतिक्रिया