अस्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

 मंसिर ७, २०७८ मंगलबार ११:१२:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियाले आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएकाहरुलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरि देश प्रवेश गर्न अनुमति दिने जनाएको छ ।

त्यस्ता योग्य राहदानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहदानी बोकेकाहरु रहेका बीबीसीले जनाएकाे छ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरि अस्ट्रेलिया आउन सक्नेछन् । 

यी व्यवस्थाहरु अन्तर्गत मोरिसनले यात्रुहरूले अस्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ ।

'अस्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फिर्ताले हाम्रो आर्थिक पुनरुत्थानलाई अझ बलियो बनाउने छ, हाम्रो अर्थतन्त्रलाई आवश्यक पर्ने मूल्यवान कामदारहरू प्रदान गर्ने र हाम्रो महत्त्वपूर्ण शिक्षा क्षेत्रलाई समर्थन गर्ने छ' मोरिसनले भन्नुभयो ।

गएकाे वर्ष मार्च २० मा, अस्ट्रेलियाले कोरोना भाइरस महामारीको बढ्दो सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको थियो । अस्ट्रेलियाले १८ महिनासम्म अनुमतिविना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया