बुल्गेरियामा बसमा आगलागी, ४६ जनाको ज्यान गयो

 मंसिर ७, २०७८ मंगलबार ११:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको जनाको ज्यान गएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ  ।

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।

बसमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीकाअनुसार घटनास्थललाई 'सिल' गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया