पाकिस्तानले भारतलाई आफ्नो भूमि हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्‍याउन अनुमति दिने

 मंसिर ७, २०७८ मंगलबार १४:५१:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानले आफ्नो भूमि हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्‍याउन भारतलाई अनुमति दिने भएको छ । भारतले एक महिनाअघि नै पाकिस्तानको बाटो हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्‍याउन अनुमति मागे पनि पाकिस्तानले बल्ल अनुमति दिने भएको हो । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई छिटै अनुमति दिइने बताउनुभएको बीबीसीले जनाएको छ । पाकिस्तानले आफ्नो भूमि हुँदै ५० हजार मेट्रिक टन गहुँ अफगानिस्तान लैजान दिने बताएको खबरमा उल्लेख छ । तर यो विषयमा अझै एक पटक भारतसँग कुरा हुने पाकिस्तानको भनाइ छ ।

यस्तै भारतमा उपचार गराइरहेका अफगानी नागरिकलाई पनि पाकिस्तानले आफ्नो भूमि हुँदै स्वदेश फर्कने अनुमति दिएको छ ।

केही समयअघि अफगानिस्तानको विषयलाई लिएर भारतमा भएको आठ देशको बैठकले पनि पाकिस्तानले सहायता सामग्रीमा अवरोध गर्न नहुने निष्कर्ष निकालेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया