रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल कच्चा तेल निकाल्न बाइडेनको निर्देशन

 मंसिर ८, २०७८ बुधबार १७:३५:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिनुभएको छ । पेट्रोलियम पदार्थको विश्वभर बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै राष्ट्रपति बाइडेनले नुनिलो गुफामा अमेरिकाले राखेको मध्ये पाँच करोड ब्यारेल तेल निकाल्न आदेश दिनुभएको समाचार संस्था सीएनएन जनाएको छ । 

बाइडेनले पेट्रोलियम पदार्थको धेरै खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत देशसँग छलफल गरेर तत्काल तेल निकाल्न निर्देशन दिएको खबरमा उल्लेख छ । 

अमेरिकी बजारमै कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल ७८ दशमलव ६५ अमेरिकी डलर पुगेको छ । आउँदो डिसेम्बर १५ भित्र पाँच करोड ब्यारेल तेल निकालेर तरल इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गरिने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको सीएनएनले जनाएको छ ।

खाडीका देशहरूले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले सन् १९७५ मा विशाल तेल भण्डार खडा गरेको थियो । टेक्सस र लुजियाना राज्यबीच बनाइएका विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरेको अनुमान छ । अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपत्कालीन इन्धन भण्डारण गृह हुन् । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया