धेरैजसो नीति यथावत् राख्दै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

 मंसिर १०, २०७८ शुक्रबार १६:८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले धेरैजसो नीतिलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले चासोमा रहेको सीडी रेसियो अर्थात् कर्जा–निक्षेप अनुपात र तथा शेयर धितोमा कर्जासम्बन्धी व्यवस्थालाई निरन्तरता दिएको छ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितो कर्जामा यसअघि गरिएको व्यवस्था परिमार्जन गर्नुपर्ने माग राखेका थिए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक बैंकबाट चार करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको थियो । त्रैमासिक समीक्षामार्फत यो व्यवस्थामा परिवर्तन हुने अपेक्षा गरिए पनि राष्ट्र बैंक यसमा मौन बसेको हो ।

राष्ट्र बैंकले आयात प्रतीत पत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेर आयातमा केही कडाइ गरेको छ । गैर–आवासीय नेपाली तथा यस्ता नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप सङ्कलनको व्यवस्थालाई भने केही सरल बनाइने राष्ट्र बैंकले जनाएको छ ।    
  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया