चीन : शङ्घाईमा तीन जनामा काेराेना सङ्क्रमण देखिएपछि उडान रद्द गरियो, केही विद्यालय बन्द

 मंसिर १०, २०७८ शुक्रबार १७:५७:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले आफ्नो कडा कोभिड नीति जारी राखेका कारण शङ्घाईमा तीन जनामा काेराेना सङ्क्रमण देखिएपछि सयौँ उडान रद्द गरिनुका साथै केही विद्यालय पनि बन्द गरिएकाे छ ।

शङ्घाईबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । हिजाे बिहीवार बेलुकी भएकाे पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ ।

आज शुक्रवार शङ्घाईका दुई प्रमुख विमानस्थलबाट पाँच सयभन्दा बढी उडान रद्द गरिएकाे सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् । बेइजिङले यात्रामा प्रतिबन्ध र कडा रूपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको सङ्क्रमण दर नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया