इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

 मंसिर १२, २०७८ आइतबार ११:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इजरायलले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्राेन’ को जोखिमका कारण पूर्वतयारी र रोकथामका लागि विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको इजरायल सरकारले जनाएको छ । उसले सबै नाकाहरु समेत बन्द गराउने भएको छ ।

इजरायलमा पनि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण भेटिएको छ । अबको दुई हप्ता विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय भएको इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

नयाँ भेरियन्टको जोखिमपछि अहिले विभिन्न देशले दक्षिण अफ्रिका र आसपासका देशबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका देशले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अङ्गोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् ।

भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया