काेराेनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मास्क अनिवार्य

 मंसिर १२, २०७८ आइतबार १९:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ ।

यस्तै अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पूर्वी राज्य न्यु साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले नयाँ भेरियन्ट पुष्टि भएको बताएकाे समाचार संस्था एएफपीले जनाएको छ ।  

साथै इटलीकाे राष्ट्रिय स्वास्थ्य संस्थानले मिलानमा एक व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएकाे जनाएकाे छ । उनी माेजाम्बिकबाट आएका बताइएकाे छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया