गण्डकीमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन, सब...
माघ २१, २०८१ सोमबार
रसुवा - रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । रसुवागढी नाकाबाट पछिल्लो समय चिनियाँ सामाग्रीको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो ।
कार्यालयका अनुसार गएको साउन महिनादेखि कार्तिक मसान्तसम्म २ अर्ब ६९ करोड १० लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन भएकाे छ । यो वार्षिक लक्ष्यको ३९.५० प्रतिशत बढी हो। कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ३२ करोड ८३ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
गएको आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ४ करोड ५८ लाख ६७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो समयमा आयातमा केही वृद्धि भएका कारण राजस्व सङ्कलन बढेको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताउनुभयो । २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ। २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो हप्तासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ ।
कोरोना भाइरसका कारण डेढ वर्षदेखि रसुवागढी नाकाबाट सामाग्री आयात घटेपछि राजस्व सङ्कलन प्रभावित बन्दै गएको छ । कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव २०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव २०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेकाे थियाे ।
त्यस्तै आर्थिक वर्य २०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गएकाे आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ ।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामाग्री, टेलिकमका सामाग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामाग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी गाडी आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र गाडीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।