बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बन्यो : बेलायती महारानी राष्ट्रप्रमुख नरहने

 मंसिर १५, २०७८ बुधबार ६:५३:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यारेबियन टापु बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बनेको छ । बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको हो ।

राजधानी ब्रिजटाउनमा भएको भव्य समारोहमा डेम स्यान्ड्रा मेसनले बार्बेडोसको राष्ट्रपतिका रुपमा शपथ लिएको बीबीसीले जनाएको छ । यो समारोह बार्बेडोस स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसर पारेर गरिएको थियो । बार्बेडोसको नयाँ युगसँगै बेलायतको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ ।

शक्ति हस्तान्तरणको प्रतिक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । मुख्य अतिथि बेलायतका युवराज चाल्सले संवैधानिक परिवर्तनका बाबजुद पनि दुई देशबीच निरन्तर सम्बन्ध रहने बताउनुभएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया