तालिबान सत्तामा फर्किएपछि सयभन्दा धेरै पूर्वसैनिक मारिएका ह्युमन राइट्स वाचको दाबी

 मंसिर १५, २०७८ बुधबार १४:४९:२ | एजेन्सी
unn.prixa.net

कान्धारमा रहेकाे तालिबान चेकपाेस्ट, तस्बिर : एजेन्सी

काठमाण्डाै – अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि अफगान सुरक्षा बलका एक सयभन्दा धेरै पूर्वसदस्यको हत्या गरेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले दाबी गरेको छ ।

एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा तालिबानका स्थानीय कमान्डरहरूले अहिले पनि पूर्वसैनिक वा प्रहरीहरूलाई निसाना बनाइरहेका उल्लेख छ । तालिबानका प्रवक्ताले बदलाको भावनाले हत्या गरिएको आरोपलाई अस्वीकार गरेका छन् तर तालिबानको नेतृत्वले नै आफ्ना लडाकुहरूलाई हत्याका लागि उक्साइरहेका एचआरडब्ल्यूले आरोप लगाएको छ ।

अमेरिकी सेना फर्किएपछि गएको अगस्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले त्यस बेलै बदलाको भावना नराख्ने बताएको थियो । तर तालिबानले सुरक्षा बलका पूर्वसदस्य र नागरिक समाजका व्यक्तिको हत्या गर्ने क्रम बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।

तालिबान विश्वव्यापी मान्यताका लागि प्रयास गरिरहेको छ तर देशभित्र मानव अधिकारको अवस्था नाजुक बनेको ह्युमन राइट्स वाचको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा यसअघि उपलब्ध भइरहेको अन्तर्राष्ट्रिय राहत सामग्री र आर्थिक सहयोग रोकिएका कारण आधारभूत वस्तुकाे सङ्कट पनि बढ्दै गएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया