भाेलिदेखि आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

 मंसिर १६, २०७८ बिहिबार ९:२:४५ | रासस
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले भोलिदेखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो । यसअघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले नामावली सङ्कलन कार्यक्रम सुरु गर्न लागेको हो ।

७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने निर्वाचन आयोगले जनाएको छ । मताधिकारबाट वञ्चित नहुनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ ।

आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन कार्य सञ्चालन हुनेछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म सञ्चालन हुनेछ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीमा नाम समावेश गरिनेछ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ । त्यस्तै,  रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • बाल कुमार बस्नेत

    Dec. 5, 2021, 7:30 a.m.

    मेरो घर खोटाङ्ग हो, हाल म पढाइको शिलशिलामा सुनसरीमा छु , मेरो हकमा चेेे के कस्तो प्रावधान छ ?

  •  0 Reply
  • पदम भट्टराई

    Dec. 3, 2021, 1:58 a.m.

    म पदम भ्ट्टराई म बिदेश मा छु के म दर्ता गर्न सक्छु होला

  •  0 Reply
  • pradip kumar tamang

    Dec. 2, 2021, 6:24 p.m.

    म अहिले बनेपामा परिवार सहित डेरा लिएर बसेको छु / मेरो नागरिकता रामेछाप जिल्लाको छ / मेरो घर दोलखा हो , त्यसैले दोलखा जिल्लावाट नामावली दर्ता गर्न के गर्नुपर्छ ?? मैले रामेछापको मतदाता नामावलीमा आफ्नो नाम लेखाएको छैन /

  •  0 Reply
  • निशा कार्की

    Dec. 2, 2021, 11:19 a.m.

    म अध्ययनको सिलसिलामा आफ्नो जन्म जिल्ला भन्द्दा बाहिर छु काठमाडौं ।

  •  0 Reply

तपाईको प्रतिक्रिया