'बैंक अफ दि इयर एसिया' र 'बैंक अफ दि इयर २०२१' अवार्ड एनएमबि बैंकलाई

 मंसिर १६, २०७८ बिहीबार ११:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनएमबि बैंकले 'बैंक अफ दि इयर एसिया २०२१' र बैंक अफ दि इयर २०२१' अवार्ड प्राप्त गरेको छ । 

बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन 'दि बैंकर'को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बै‌ंकलाई छनोट गरेको हो ।

एनएमबि बैंक 'द बैंक अफ दि इयर एसिया २०२१' अवार्ड पाउने नेपालको पहिलो बैंक बनेको छ । 

चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो। 'द बैंक अफ द इयर २०२१' अवार्ड भने एनएमबिको पाँच वर्षमा चौथो अवार्ड हो ।

द बैंकर म्याग्जिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट याे अवार्ड लिनुभएको हो । 

सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । 

यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया