सर्वोच्च अदालतमा तीन घण्टा ढिला गरेर पेसी ताेकियाे

 मंसिर १६, २०७८ बिहिबार १४:१२:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र म्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज बिहीवार सर्वोच्च अदालतमा झन्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरूलाई नदिएपछि न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न दिला भएको हो । सधैँ बिहान सवा १० बजेतिर पेसी तोकिन्थ्यो । आज साढे १ बजेमात्र पेसी तोकिएको छ । हिजाे बुधवारदेखि गोलाप्रथाबाट मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । आज पनि त्यही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।

गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा एक सय ९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् । प्रधानन्यायाधीश राणा बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचाररत हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया