भारतमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'

 मंसिर १६, २०७८ बिहीबार १७:१९:२४ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

नयाँ भेरियन्टकाे सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले बताउनुभयाे ।  

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो । उनीहरू सबैलाई आइसोलेशनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहसचिव अग्रवालको भनाइ छ ।

उहाँले अन्य कोरोना भाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनुपरेको स्पष्ट पार्नुभयो । 

सुरुमा बी.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन 'ओमिक्रोन' नामाकरण गरेको हो । 

यसलाई डब्ल्यूएचओले उच्च सतर्कता अपनाउनुपर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरि नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए । अहिले विश्वभरका दर्जनौँ देशले सतर्कतासम्बन्धी विभिन्न उपाय अपनाएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया