भिजिबिलिटी कम भएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

 मंसिर १८, २०७८ शनिबार १०:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ ।

बिहान भिजिबिलिटी ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

फ्लाइ दुबईको जहाजलाई भारतको लखनउ डाइभर्ट गरिएको छ । दश बजेपछि ११ सयभन्दा माथि भिजिबिलिटी देखिएको तर उडान र अवतरणमा समस्या कायमै रहेको उहाँले बताउनुभयो ।

उडान सुरु हुन नसक्दा अहिले विमानस्थलमा यात्रु पर्खाइमा छन् ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया