अफगानिस्तानका बालिका विद्यालय जान पाउने, महिलालाई विवाहका लागि दबाब दिन नपाइने

 मंसिर १८, २०७८ शनिबार १४:४६:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – तालिबान समूहले महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी गरेको छ । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा आलोचना भैरहेको बेला प्रतिबद्धता सहित निर्देशिका जारी गरेको हो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गर्दै महिलालाई स्वतन्त्रता दिएको बताउनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । निर्देशिकामा महिला तथा बालिकाहरु विद्यालय जान पाउने र विवाहका लागि पनि महिलामाथि कुनै दबाब दिन नपाइने उल्लेख छ । यस्तै महिलाले आफ्नो इच्छा अनुसार विवाह गर्न पाउने, कुनै व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि निर्देशिकामा उल्लेख छ ।

तालिबानहरु सत्तामा आएपछि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनेर विश्वव्यापी रुपमा आलोचना भैरहेको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया