निर्माणाधीन रनवेमा एयर इन्डियाको विमान अवतरण, पाइलटले जोगाए १३६ यात्रुको ज्यान

 भदौ २२, २०७५ शुक्रबार २०:२७:० | एजेन्सी
unn.prixa.net

एयर इन्डियाको एउटा विमान निर्माणाधीन रनवेमा अवतरण गरिएको छ । अवतरणका क्रममा ठूलो दुर्घटना टरेको छ । विमानमा रहेका सबै यात्री सकुशल रहेका छन् ।

एयर इन्डियाको एउटा विमान भारत केरलको तिरुवनंतपुरमबाट एक सय ३६ यात्रु लिएर उडेको थियो । एयर इन्डियाका एक वरिष्ठ अधिकारीले भने, ‘भीटी एक्सएल विमान मालदिभ्सको मालेमा बनाउँदै गरिएको रनवेमा ल्याण्डिङ गरिएको छ । ल्याण्डिङका क्रममा विमानको दुईवटा टायर पञ्चर भएको छ ।’

एयर इन्डियाको फ्लाइट नम्बर ३२० एनईओलाई गलत निर्देन प्राप्त भएकाले पाइलटले बनाइँदै गरिएको रनवेमा विमान अवतरण गराएको बताइएको छ । जुन रनवे सञ्चालनमा आएकै छैन । तर पाइलटले सावधानीपूर्ण तरिकाले विमानलाई अवतरण गराउँदै ठूलो दुर्घटना टारेका छन् ।

विमानमा रहेका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया