ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – चरम आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका वित्तीय सल्लाहकार शैकत तरिनले हिजो शनिवार साउदी अरबबाट तीन अर्ब डलर ऋण सरकारी खातामा जम्मा भएको पुष्टि गर्नुभएकाे बीबीसीेले जनाएको छ ।
शाैकत तरिनले ट्वीट गर्दै भन्नुभएकाे छ, ‘म याे सहयाेगका लागि साउदी अरबका राजकुमार माेहम्मद बिन सलमान र र साउदी अरबलाई धन्यवाद दिन्छु ।’
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएकाे महिनाकाे २४ तारिखमा आफूसँग देश चलाउनका लागि पैसान नभएकाे र ऋण बढिरहेकाे बताउनुभएकाे थियाे ।
महँगी, विदेशी मुद्राको न्यून सञ्चिती, चालु खाताको अत्यधिक घाटा, मुद्राको अवमूल्यन लगायतका कारण पाकिस्तान आर्थिक सङ्कटमा फसेको छ । साउदी अरबबाट पाकिस्तानले चार प्रतिशत ब्याज दरमा ऋण प्राप्त गरेको हो । ऋण पाएपछि पाकिस्तानको विदेशी मुद्रा सञ्चितीमा केही राहत मिल्ने र शेयर बजारमा पनि केही सुधारको अपेक्षा गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस्तै पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) बाट पनि ६ अर्ब डलर ऋण लिने प्रक्रिया थालेको छ । यसका लागि पाकिस्तानले आईएमएफले भनेअनुसार आर्थिक नीति परिवर्तन गर्न लागेको खबरमा उल्लेख छ । पाकिस्तानको विदेशी ऋण बढेर ३० हजार खर्ब पुगेको छ । समयमै ऋण तिर्न नसक्दा कैयौँ देश र संस्थाले पाकिस्तानलाई थप ऋण नदिने घोषणा गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।