दिल्लीमा पनि भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्राेन'

 मंसिर १९, २०७८ आइतबार १५:२५:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतकाे दिल्लीमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट 'ओमिक्राेन' काे सङ्क्रमण देखिएकाे छ । 

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा काेराेनाकाे नयाँ सङ्क्रमण देखिएकाे हाे । ती व्यक्तिकाे एलएनजेपी अस्पतालमा भइरहेकाे बताइएकाे छ । 

भारतमा याे ओमिक्राेन भेरियन्टका पाँचाैँ 'केस' हाे । यसअघि बेङ्गलाेर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्राेन भेरियन्टकाे सङ्क्रमण पुष्टि भएकाे थियाे । 

अहिलेसम्म १७ जनामा काेभिड परीक्षण पाेजेटिभ पाइएकाे र उनीहरूलाई अस्पतालमा भर्ना गरिएकाे स्वास्थ्यमन्त्री जैनले बताउनुभयाे । 

गएकाे हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्राेन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र माेदीसँग अपिल गर्नुभएकाे थियाे । 

अहिलेसम्म विश्वका २३ देशमा ओमिक्राेनकाे सङ्क्रमण पुष्टि भइसकेकाे छ । 

नयाँ भेरियन्टका कारण बेलायत, युराेपेली सङ्घ, अमेरिका र क्यानडाजस्ता देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् । 

गएकाे २६ नाेभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई 'ओमिक्राेन' नाम दिँदै याे नयाँ भेरियन्ट 'चिन्ताकाे विषय' भएकाे जनाएकाे थियाे । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया