म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि ‘गाडी चलाउँदा’ पाँच जनाको ज्यान गयो

 मंसिर १९, २०७८ आइतबार १६:५६:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको छ । रङ्गुनमा आज आइतवार दिउँसो भएको घटनामा अन्य १५ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

सैन्य 'कु'को विरोधमा म्यानमारमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । आज प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको रोयटर्सले जनाएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । सैन्य 'कु' पछि भएका प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । सैन्य सरकारले शान्तिपूर्ण प्रदर्शनमा गाडीले कुल्चिने र जथाभाबी गोली प्रहार गर्ने घटना पटक–पटक भएका छन् ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथिको एउटा मुद्दामा फैसलाको तयारी भइरहँदा प्रदर्शनहरू बढेका छन् । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया