त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नु भएकाे हाे ।
अब नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा लगायत सम्पत्ति तथा गाडीसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बोर्डले आईएमईसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयाे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पनि बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउनु खुसीकाे कुरा भएकाे बताउनु भयाे ।
श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीले सात वटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकहरुलाई बीमा सेवा प्रदान गरिरहेको बताउनु भयाे । साथै कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा विशेष ध्यान दिइरहेको उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।