पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, चुनावकाे घोषणा

 मंसिर २०, २०७८ सोमबार १७:२६:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पोर्चुगलका राष्ट्रपति मर्केलाे रिबेलाे डी साैसाले संसद् विघटन गर्दै अग्रिम चुनावकाे घोषणा गर्नुभएकाे छ ।

राष्ट्रपति सौसाले हिजाे आइतवार संसद् विघटन गरिएको घोषणा गर्दै चुनावकाे मिति तोक्नुभएको हो । उहाँले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गर्नुभएको हो । सरकारको बजेट पारित गर्नका लागि गएकाे अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Hari jirel

    Dec. 6, 2021, 5:58 p.m.

    नेपाल काे जस्तो अदालत त जाँदैन हाेला नि

  •  0 Reply

तपाईको प्रतिक्रिया