साेमवार ३२ अङ्कले बढेकाे नेप्से मङ्गलवार ३७ अङ्कले घट्याे

 मंसिर २१, २०७८ मंगलबार १५:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार ३२ अङ्कले बढेको नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ । 

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय ३१ कम्पनीका ८३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब १२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज आईसीएफसी फाइनान्सको शेयर साढे सात प्रतिशत भन्दा धेरैले र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया