च्याम्पियन्स लिगमा आज ८ खेल

 मंसिर २१, २०७८ मंगलबार १९:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ ।

पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड  र इन्टरमिलान अन्तिम १६ मा पुगिसकेका छन् । यस्तै सख्तर डोनेक्स र सेरिफ तथा बोरुसिया डर्टमन्ड र बेसिक्टास पनि पौने २ बजे नै खेल्दैछन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने ११ वटा टिमको टुङ्गो लागिसकेको छ । बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया