विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बङ्गलादेशमा २० जनालाई मृत्युदण्ड

 मंसिर २२, २०७८ बुधबार १३:५१:२५ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – बङ्गलादेशमा विद्यार्थीकाे हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिललाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

‘अदालतकाे फैसलाबाट म खुसी छु’, फैसलापछि अदालतबाहिर पत्रकारसँग फहादका बुबा बरकाट उल्लाहले भन्नुभयाे, ‘दाेषीहरूले सजाय छिट्टै पाउनेमा विश्वस्त छु ।’ 

मृत्युदण्डकाे सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नाेलाेजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया