जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित : झण्डै १६ वर्ष नेतृत्व गरेकी मर्केल बिदा

 मंसिर २३, २०७८ बिहीबार ७:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित हुनुभएको छ ।

वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई हिजोको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उहाँ निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीका रुपमा ओलाफको उदय भएको छ ।

योसँगै मर्केलको कार्यकाल सकिएको छ ।

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गएको हप्ता ग्रिन्स एण्ड लिबरल फ्रि डेमोक्रेट (एफडीपी)सँग गठबन्धन गरेकाले ओलाफ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । उहाँ चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म श्रम मन्त्री तथा सन् २०१५ मा अर्थमन्त्री बन्नुभएको हो ।

यसअघि मर्केल झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर बन्नुभयो । सन् २००५ मा उहाँ जर्मनीको पहिलो महिला चान्सलर बन्नुभएको थियो । त्यसपछि उहाँले लगातार चार कार्यकाल सम्हाल्नुभयो । सन् १९५४ मा पश्चिम जर्मनीको ह्यामवर्गमा जन्मेकी मर्केल चान्सलर हुँदा विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनुभएको थियो ।

एन्जेला मर्केललाई फोर्ब्स पत्रिकाले १० वर्षसम्म विश्वको सबैभन्दा शक्तिशाली महिला घोषित गरेको थियो।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया