भारतीय रक्षामन्त्रीले हिजाे भएकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिने

 मंसिर २३, २०७८ बिहिबार ९:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेकाे हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी दिनु हुने भएको छ ।

हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको ज्यान गएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो ।

रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया