दिल्लीका घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण

 मंसिर २३, २०७८ बिहिबार ११:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको राजधानी दिल्लीका घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण रहेको एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनले भवनभित्र पाइएको पीएम २.५ भनिने फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा नजिकै खुल्ला ठाउँमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको देखाएको छ । तर धेरैजसोले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउनै नचाहेको पाइएको छ ।

अध्ययनले धनी र गरिब व्यक्ति दुवै व्यक्तिका घर भित्र  वायु  प्रदुषण पाइएको उल्लेख गरेको छ । धनी परिवारमा वायु प्रदूषण कम गर्ने एअर प्युरिफाएर हुने सम्भावना १३ प्रतिशत बढी भए पनि ती घरमा १० प्रतिशत मात्रै वायु प्रदूषण कम भएको देखिएको अध्ययनले जनाएको छ ।

शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० मा दिल्लीका विभिन्न आर्थिक र सामाजिक पृष्ठभूमिका हजारौँ घरहरूको अध्ययन गरेको थियो । भारतमा वायु प्रदूषणका कारण हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको ज्यान जाने गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया