दुर्घटनाग्रस्त हेलिकप्टरमा एक जापानी नागरिकसहित ७ यात्रु(नामसहित)

 भदौ २३, २०७५ शनिबार ११:४४:३३ | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गोरखा – दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको सामागाउँ प्रहरी चौकी गोरखाले पुष्टि गरेको छ । 

मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको सामागाउँ प्रहरी चौकीका प्रहरी जवान नारायण न्यौपानेले जनाउनुभएको छ ।

सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको त्यो हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको अपुष्ट खबर रहेको छ ।

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुकाे अवस्थाका बारेमा जानकारी अाएकाे छैन ।

गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कविहीन

 

 


 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया