स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
काठमाण्डाै - भारतीय किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
एक वर्षदेखि विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका हुन्। भोलिदेखि धर्नास्थल हटाउन सुरु गर्ने र भोलिदेखि नै घर फर्किने उनीहरुले बताएका छन् । अहिलेलाई आन्दोलन स्थगित गरे पनि एक/ एक महिनामा समिक्षा बैठक बस्ने किसान नेताले बताएका छन् ।
केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता गरे फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् । गएको महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित विपरीत रहेको भनिएका तीन वटा कानुन खारेज गर्ने निर्णय गर्नुभएको थियो । तर, सरकारले बेइमानी गरेमा फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
कृषि क्षेत्र किसानको हातबाट ठूला व्यापारीको हातमा पुग्ने कानुन ल्याएको भन्दै किसान एक जुट भएर आन्दोलन थालेका थिए । यस्तै, उनीहरुले कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न र किसानमाथि लागेको सबै मुद्दा फिर्ताको माग समेत गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।