कांग्रेस संस्थापन इतर समूहको बैठक बेलुका फेरि बस्ने, पौडेल महाधिवेशन उद्घाटन सत्रमा सहभागी

 मंसिर २४, २०७८ शुक्रबार १४:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज शुक्रवार बेलुका फेरि बस्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि बेलुका बत्तीसपुतलीमा बैठक बस्ने र सभापतिमा साझा उम्मेदवार तय गर्ने निर्णय भएको नेताहरूले बताएका छन् ।

मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उहाँको निवास बोहोराटार पुग्नुभएको थियो ।

संस्थापन इतर समूह केही दिनदेखि निरन्तर साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भए पनि अझै सहमति बनेको छैन । संस्थापन इतर समूहबाट सभापतिमा पौडेलसहित प्रकाशमान सिंह र डा.शेखर कोइराला आकाङ्क्षी हुनुहुन्छ ।

आज बेलुका बस्ने बैठकमा विभिन्न जिल्लाका सभापति तथा केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन् ।

यसअघि आज बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाेराटारमा नेताहरूको बैठक बसेको थियो । उनीहरूले पौडेललाई महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन सहमत गराएका छन् । पौडेल उद्घाटन सत्रमा सहभागी हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया